समाज

पहिरो हटाएसँगै खुल्यो कान्तिलोकपथ

फाइल तस्बिर।

काठमाडौं जोड्ने कान्तिलोकपथअन्तर्गत भीमफेदी गाउँपालिका-८ भरेङडाँडामा शनिबार राति गएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार आइतबार अपराह्नदेखि दुवैतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम महेन्द्र राजमार्ग र भीमफेदी कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडकमा हाल दैनिक सबै प्रकारका यातायात सेवा सञ्चालन भइरहेको बताए।

यसैगरी, हेटौँडाबाट वीरगञ्ज, चितवनको नारायणगढ र भीमफेदीबाट हेटौँडातर्फ पनि यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० वैशाख २०८३ १४:२५ आइतबार