समाज

नयाँ भवनबाट व्यवस्थित हुँदै कमल गाउँपालिकाको सेवा

कमल गाउँपालिकाले शुक्रबारदेखि सुविधासम्पन्न नयाँ भवनबाट सेवा प्रवाह गरेको छ। गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले भवनको उद्घाटनसँगै सेवा प्रारम्भ गरेका हुन्।  

चारतले भवनमा २६ वटा कोठा छन्। रु छ करोड एक लाख ३९ हजारमा निर्माण भएको भवनका निम्ति ६० प्रतिशत रकम संघ सरकारबाट प्राप्त भएको अध्यक्ष राईले बताए। 

प्रकाशित: १० आश्विन २०८३ ०९:५३ शनिबार