समाज

कालीकोटको सरकारी टोली बडिमालिका प्रस्थान

कालीकोटबाट बडिमालिका भगवतीको विशेष पूजा तथा मेलाका लागि परम्परागत रूपमा पूजा सामग्री र डोलीसहित सरकारी टोलीहरू बडिमालिकातर्फ प्रस्थान गरेका छन्।

कालीकोटको सदरमुकाम मान्मबाट कर्मचारी, पुजारी र सुरक्षाकर्मीसहितको टोली बडिमालिकाको यात्रामा निस्किएको कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए।

बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय लगायत सर्व-साधारणले फुलमाला, अबिरसहित पठाएका छन्।

बडिमालिका मन्दिर प्रस्थान गर्ने टोलीलाई सदरमुकामदेखि नेपाली सेनाको टोलीले बेण्डबाजा र बिगुल फुकेर पठाइएको हो। जिल्ला प्रशासन  कार्यालय कालीकोटका खरिदार अर्जुन उपाध्ययाको नेतृत्वमा बुधबार टोली प्रस्थान गरेको हो। यो वर्ष कालीकोट जिल्लाबाट विषेश पूजापाठ गरिएको हो।

प्रकाशित: ३ भाद्र २०८३ १०:५५ बुधबार