समाज

आठ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

पहिराका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालनमा आएको छ।

बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीस्थित चौरीखोला पुल नजिक सडकमाथिबाट खसेको पहिराका कारण साउन १ गतेदेखि करिडोर अवरुद्ध भएको थियो। 

दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए।  

प्रकाशित: ९ श्रावण २०८३ १२:२६ शनिबार