समाज

न्याय सेवामा एकैपटक ३१४ कर्मचारीको सरुवा सिफारिस (सूचीसहित)

न्याय सेवा आयोगले सर्वोच्च अदालतसहित विभिन्न अदालतमा कार्यरत ३१४ जना कर्मचारीको सरुवाका लागि सिफारिस गरेको छ।

बिहीबार बसेको आयोगको बैठकले सर्वोच्च अदालतका सहरजिस्ट्रार र उच्च अदालत पाटनका रजिस्ट्रारसहित विभिन्न तहका कर्मचारीको सरुवा सिफारिस गरेको हो।

आयोगले सर्वोच्च अदालतको सहरजिस्ट्रारमा अशोककुमार क्षेत्री र उच्च अदालत पाटनको रजिस्ट्रारमा अर्जुनप्रसाद कोइरालालाई काज सरुवा गर्न सिफारिस गरेको छ।

उपसचिवसरहका १५ जना कर्मचारीको सरुवाका लागि पनि सिफारिस गरिएको छ।

आयोगको निर्णयअनुसार विभिन्न समूहका २९७ जना शाखा अधिकृतसरहका कर्मचारीको समेत सरुवा सिफारिस भएको छ।

सरुवाका लागि सिफारिस हुनेमा सरकारी वकिल, कानुन र न्याय समूहका शाखा अधिकृतहरू रहेका छन्।

हेर्नुहोस् सूचि:

प्रकाशित: १० मंसिर २०८३ १८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App