समाज

झलनाथ पत्नी चित्रकारको भारतमा उपचार सुरु

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको भारतमा उपचार सुरु भएको छ। नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको उपचार सुरु भएको हो।

भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा खनाल निवासमा भएको आगलागीमा परि गम्भीर घाइते बनेकी चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो। उपचारका क्रममा उनको देब्रे हात काटिएको छ।

प्रकाशित: ७ आश्विन २०८२ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App