समाज

काभ्रेमा जीप सडकबाट २०० मिटर तल खस्यो : दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो गाडी सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोमा सवार हाल नामथर र वतन नखुलेका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।

घटनास्थलमा उद्धारका लागि प्रहरी टोली तथा एम्बुलेन्स खटिएको छ। दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको छ।

प्रकाशित: १ भाद्र २०८३ १३:१३ सोमबार