समाज

क्षमताभन्दा बढी यात्रु बोकेको जिप बेनीमा दुर्घटना

म्याग्दीमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बेनी नगरपालिका–९ तुसारेपानीमा क्षमताभन्दा बढी यात्रु बोकेको जिप दुर्घटना भएको हो।  

रघुगंगा गाउँपालिका–८ बाट बेनी आउँदै गरेको ग २ च ५९३० नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १ सय मिटर तल खसेको म्याग्दी प्रहरीले जनाएको छ।  

घाइते सबैलाई उपचारका लागि प्रादेशिक अस्पताल बेनी ल्याइएको छ। 

प्रकाशित: २२ आश्विन २०८२ १६:०० बुधबार