लमजुङमा बोलेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
सदरमुकाम बेंसीसहरदेखि मर्स्याङ्दी गाउँपालिका-७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको जिप शनिबार बेलुका साढे ४ बजेको समयमा उस्तावेशी भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए।
उनका अनुसार घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैको बेंसीशहरस्थित प्रदेश अस्पताल लमजुङमा उपचारका भइरहेको छ।
प्रकाशित: २१ चैत्र २०८२ १८:०७ शनिबार