डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् ।
भित्री कच्ची सडक खण्डमा बिहीबार भएको दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको हो। घाईते भएका ६ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी उपचारको लागि डडेलधुरा अस्पतालतर्फ पठाएको छ।
दुर्घटनाबारे जानकारीपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५२ गुल्म डडेलधुराबाट सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण प्रसाद जोशीको कमाण्डमा उद्धार टोली खटिएको थियो।
उद्धार टोलीले दुर्घटनामा घाईते भएका नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीया सुशीला बिक, ४ वर्षीया प्रतीका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद, ४४ वर्षीय प्रकाश बिक र जिप चालक ३५ वर्षिय रामबहादुर साउदलाई उद्धार गरी अस्पतालतर्फ पठाएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
ठाँटाबजारबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३८ नम्बरको उग्रतारा यातायातको जिप सडकबाट करिव ५ सय मिटर तल खसेर दुर्घटना भएकव हो।
प्रकाशित: १२ भाद्र २०८२ १७:०७ बिहीबार