समाज

नोबेल कलेजको छतबाट खसेका इन्टर्न डाक्टरको मृत्यु, के भन्छ प्रहरी?

फाइल तस्बिर

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टर अमित यादवको उपचारका क्रममा मृत्यु भएको छ। 

सप्तरीको राजविराज नगरपालिका–९ जगदरी बस्ने शम्भु प्रसाद यादवका छोरा ३४ वर्षीय अमित यादव कलेजको मुख्य गेटभन्दा अगाडिको भागको पाँचौँ तलाबाट खसेका थिए। आकस्मिक कक्षमा लैजाँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

मोरङ प्रहरीकी प्रवक्ता कोपिला चुडालका अनुसार अमित यादव नोबेलमै एमबीबीएस सकेर इन्टर्नसिप गरिरहेका डाक्टर थिए। उनका बुवाका अनुसार उनी मानसिक रोगी थिए र औषधी पनि खाइरहेका थिए।

‘नोबेल मेडिकल कलेजबाट खसेका इन्टर्न डाक्टर अमित यादव मानसिक रोगी थिए र नियमित औषधी खाइरहेका थिए,’ मोरङ प्रहरी प्रवक्ता कोपिला चुडालले उनका बुवालाई उदृधत गर्दै नागरिकसँग भनिन्।

घटनास्थलमा उनका बुवा पुगिसकेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।

प्रकाशित: ६ पुस २०८२ १०:१९ आइतबार