समाज

घाइते चितुवा मर्‍यो

फाइल।

जिल्लाको मालारानी गाउँपालिका-३ मा पासोमा परी घाइते भएको चितुवा मरेको छ।

गाउँपालिका-३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परी घाइते भएको चितुवालाई उद्धार गरी वन कार्यालय अर्घाखाँचीमा लगिएको थियो।

उपचारको क्रममा आज दिउँसो पोथी माउ चितुवा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए।

चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन्। गए रातिदेखि पासोमा परेर घाइते चितुवाको आजै उद्धार गरिएको थियो।

प्रकाशित: ४ फाल्गुन २०८२ २२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App