समाज

राष्ट्रिय गौरवका आयोजनाबारे छलफल गर्न पूर्वाधार विकास समितिको बैठक बस्दै

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक मंगलबार बस्दैछ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरण हुने समितिले जनाएको छ।

बैठक समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। यस्ता आयोजनाको प्रगति र चुनौतीबारे आयोगले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि समितिले छलफल गर्ने बताइएको छ।

प्रकाशित: १५ वैशाख २०८३ ०६:४७ मंगलबार