नेपालगन्जको उच्च सरकारी वकिलको कार्यालयमा गएराती लुटपाट गर्ने कार्यमा संलग्न भारतीय नागरिकले आधार कार्ड छाडेका छन् ।
बुधबार बिहान कार्यालयका कर्मचारीले उक्त कार्ड फेला पारेका हुन। प्रत्यक्षदर्शी स्थानीयका अनुसार नेपालगन्जका अधिकांश सरकारी कार्यालयका सामान लुटपाट भएको छ ।
नेपाली सेना परिचालन भएपछि आगजनीको शृङ्खला रोकिए पनि लुटपाट भने भएको छ ।
प्रकाशित: २५ भाद्र २०८२ ११:४० बुधबार