जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि कुटपिट भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनीमाथि निर्घात कुटपिट गरेको हो। घटना गए रातिको हो।
स्वतन्त्र उम्मेदवार कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। हाल उनको जनकपुरमा उपचार भइरहेको छ।
आक्रमणमा परेपछि उनले सहयोगका लागि प्रहरी–प्रशासनमा खबर गरेको र आफूहरूले तत्काल उनलाई उद्धार गरी अस्पताल पठाएको प्रहरी उपरीक्षक शर्माले बताए। घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीहरूको खोजी जारी छ।
प्रकाशित: २१ फाल्गुन २०८२ ०६:५८ बिहीबार