समाज

अबैधरुपमा भित्राइएका ३ लाख बढी मुल्यको किबी बरामद

भारतबाट अबैधरुपमा भित्राइएको ३ लाख बढीको मुल्यको किबी कपिलवस्तुको कृष्णनगर नगरपालिका २ झण्डेनगरमा बरामद गरिएको छ ।  

ईलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले भन्सार छली गरेका ल्याइएको ३ लाख १७ हजार ७५० रुपैयाँको किबी फेला पारिएको पारेको हो । ४४ वटा बोरामा राखिएको अवस्थामा किबी बरामद गरिएको प्रहरी नायब उपरिक्षक रितेन्द्र कुमार सिंहले बताए । बरामद किबी भन्सार कार्यालय कृष्णनगर कपिलवस्तुमा बुझाईएको उनले बताए ।  

यस्तै महराजगञ्ज नगरपालिका १० हर्दौनामा अबैधरुपमा भित्राइएका सवा लाखको बिभिन्न सरसामानसमेत बरामद गरिएको छ । जुत्ता, चप्पल, अन्डरबियर, पेन्ट, चिनी, सख्खर, तेल टायल्स लगायका सामग्री बरामद गरिएको थियो । बरामद सामान सुठौली भन्सारमा बुझाइएको छ । यस्तै मायादेवी गाउँपालिका वडा नम्बर ४ चाकरचौडामा अबैधरुपमा भित्राइएको मन्दिर आकारको १ सय ७५ पिस काठका सामग्री बरामद गरिएको छ ।  

३५ हाजर बढी  मुल्यको सो सामाग्री समेत सुठौली भन्सार चलान गरिएको छ । 

प्रकाशित: १० आश्विन २०८२ १९:४८ शुक्रबार