समाज

१९ लाख बढीको अवैध फर्सीको बीउ बरामद

सिरहा प्रहरीले अवैध रूपमा भारततर्फ निकासी गर्न राखिएको ठुलो परिमाणको फर्सीको बीउ बरामद गरेको छ। सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर २ बस्ने हरिदेव दासको घरबाट करिब १९ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ बरामद गरिएको हो। 

नेपालबाट भारततर्फ अवैध रूपमा बीउ निकासी हुन लागेको जिल्ला प्रहरी कार्यालय सिरहामा सूचना प्राप्त भएसगैं प्रहरीले दासको घरमा खानतलासी गरेको थियो।  ७० बोरा फर्सीको बियाँ लुकाएर राखेको अवस्थामा प्रहरीले फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश बहादुर पालका अनुसार नियन्त्रणमा लिइएको उक्त अवैध सामग्रीलाई भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको विज्ञप्ति मार्फत उल्लेख गरेका छन् ।  

  

प्रकाशित: १९ जेष्ठ २०८३ १७:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App