भारतको दिल्लीबाट काठमाडौंलाई छुटेका बसमा अबैध कपडा बरामद भएको छ ।
काठमाडौं आउँदै गरेका बसबाट बिहीबार बिहान भन्सार छली भित्र्याइएको ९ लाखभन्दा बढी मूल्यको ब्रान्डेड रेडिमेड कपडा कपिलवस्तु नगरपालिका-५ डगरीमा बरामद गरिएको छ ।
गोप्य सुचनाका आधारमा सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी आफैँ पुगेर बसमा चेकजाच गर्न लगाई सो कपडा बरामद गरेका हुन । भारतको खनुवा नाका हुँदै नेपालको मर्यादपुर नाका, सुठौली भन्सार पार गरी सशस्त्र प्रहरीको चेक पोस्ट डंगरीमा राकेर चेकजाच गर्नेक्रममा सो कपडा बसको डिक्कीमा लुकाई राखेको अवस्थामा बरामद गरिएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक केसीले आफूले निर्देशन दिएर बसमा चेकाजाँच गर्न लगाउँदा डिक्कीमा लुकाई राखेको अवस्थामा कपडा बरामद भएको बताए ।
प्रकाशित: १९ भाद्र २०८२ २१:२५ बिहीबार