वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका इलामका एक युवकको मृत्यु भएको छ । मलेसियाको जोहरबारुमा रहेका इलामको माइजोगमाई–२ का साजन राईको मृत्यु भएको त्यहीं रहेका इलामका दिवस सोङ्मीले जानकारी दिए ।
राई केही दिनदेखि बिरामी थिए । उपचारका क्रममा राईको ८ अगस्टमा मृत्यु भएको सोङ्मीले जनाएका छन् । उनको शव नेपाल घर ल्याउने प्रक्रिया अघि बढाइएको परिवारजनले जनाएका छन् ।
माइजोगमाई–२ का वडाध्यक्ष डम्बरबहादुर सुवेदीले वडाको सिफारिसलगायत आवश्यक कागजात म्यानपावर कम्पनीमार्फत् नेपाली राजदूतावासमा पठाउने तयारी भइरहेको बताए । राई ३ वर्षअघि मलेसिया पुगेका थिए ।
प्रकाशित: २५ श्रावण २०८३ १९:५४ सोमबार