समाज

इलामलाई तीन महिना विपद संकटग्रस्त क्षेत्र घोषणा

सरकारले इलामलाई विपद् संगटग्रस्त क्षेत्र घोषणा गरेको छ ।  

बिहीबारको मन्त्रिपरिषद बैठकले इलामलाई तीन महिनासम्म विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।  

अविरल वर्षापछिको बाढीपहिरोले इलाममा ३९ जनाले ज्यान गुमाएका छन् भने २६ जना घाइते भएका छन् । एक जना बेपत्ता छन् ।  

क्षतिको विवरण संकलनको काम जारी छ । घर बगाएका तथा विस्थापित भएकाको मात्र तथ्यांक अनुसार १०८ घर पूर्ण क्षतिग्रस्त बनेका छन् ।  

क्षतिको विवरण संकलनको कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

प्रकाशित: २३ आश्विन २०८२ १७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App