समाज

टाँगटिङ खोलामा भेटिएका शवकाे पहिचान खुल्यो

झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको अवस्थामा भेटिएको वृद्धको शवको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार मृतक बुद्धशान्ति गाउँपालिका–१ बुधबारे नमूना टोलका ६८ वर्षीय पद्मबहादुर थेगिम लिम्बू हुन्।

बुधबार दिउँसो करिब ४ः३५ बजे टाँगटिङ खोलाको पुलबाट दक्षिणतर्फ खोलाले बगाएर किनारमा ल्याएको अवस्थामा शव देखिएको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ। मृत्युको कारण शवपरीक्षण प्रतिवेदनपछि खुल्ने प्रहरीले जनाएको छ।

प्रकाशित: २१ श्रावण २०८३ ०६:३५ बिहीबार