समाज

पछिल्लो तीन घण्टामा कहाँ कति वर्षा ?

आज अपरान्हपछि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परिरहेको छ। 

मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी पार्ने प्रणाली अहिले पूर्वी नेपालमा सर्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै मकवानपुरगढीमा ४४ .२ मिलिमिटर पानी परेको छ। काठमाडौं बबरमहलमा ३८.६, कीर्तिपुरमा ३३.२, कपनमा २५.८, पानीपोखरीमा २०.२ मिलिमिटर पानी परेको छ।  

लम्जुङको बेसीशहरमा २९.४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

अहिले सातै प्रदेशका विभिन्न जिल्लाहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परिरहेको छ। 

प्रकाशित: ६ चैत्र २०८२ १८:०७ शुक्रबार