समाज

उत्तरगया गाउँपालिकाका जलविद्युत् आयोजना र नदी आसपासमा घर क्षतिग्रस्त

रसुवाको भोटेकोशी नदीदेखि आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजना र त्रिशूली नदी आसपासमा रहेका घरहरू प्रभावित भएका छन्।

गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन्।

उक्त क्षेत्रमा पूर्वसूचना प्राप्त भए पनि सूचनाको १५ मिनेटमै बाढीले प्रहर गर्न थालेको र केन्द्र सरकारको सम्बन्धित निकायलाई उद्धारका लागि आग्रह गरिएको उनले बताए।

अध्यक्ष अर्यालले मानवीय क्षतिको विवरण आइनसकेको र पूर्वसूचना तथा उद्धारमा गएका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्।

प्रकाशित: १० भाद्र २०८३ १३:४२ बुधबार