समाज

बिजुली सर्ट भएर घरमा आगलागी

रौतहटको राजदेवी नगरपालिकामा बुधवार आगलागी भएको छ। 

राजदेवीनपा ४ गरहियाका सुरेन्द्र शाहको घरमा बिहान ४ बजेको समयमा बिजुली सर्ट आगलागी भएको हो। आगलागीमा परि एक भैँसीसहित चार वटा बाख्रा मरेका छन्। 

यसै गरी चन्द्रपुर नगरपालिका  २ फूलबारी टोलका किसान यादव खरेलको ४ वटा गाई मरेका छन् । गाईले खाने कुँडोमा मङ्गलवार अपरिचित व्यक्तिले विष हालेको  र उक्त कुँडो खादा बुधवार बिहान ४ वटा गाई मरेको किसान खरेलले बताए ।

प्रकाशित: ४ भाद्र २०८२ १४:०७ बुधबार