समाज

नारायणी नदीमा हाम फालेर महिला र किशोर बेपत्ता

फाइल तस्बिर

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हाम फालेर दुई जना बेपत्ता भएका छन्। 

एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार आज साँझ ७:४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हाम फालेर बेपत्ता भएको छ। 

‘साँझ पुलबाट हाम फालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ,’ उनले भने, ‘बिहान हाम फालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ।’  

बिहान पुलबाट हाम फाल्ने किशोर गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ भएको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए। रासस  

प्रकाशित: १३ श्रावण २०८२ २१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App