मधेस प्रदेश सरकारले छठ पर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन बिदा दिएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज बिदासम्बन्धी सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट (कात्तिक ११ गते मगलबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गर्नुपर्ने भएकाले प्रदेशभरि बिदा दिने निर्णय भएको जनाएको छ।
मन्त्रालयका उपसचिव गणेश नायकले जारी गरेको सूचनामा मधेस प्रदेश सरकारले विसं २०८१ चैत २२ गते प्रदेश राजपत्रमा प्रकाशित बिदासम्बन्धी सूचनामा छठका अवसरमा थप एक दिन बिदा दिने उल्लेख भएको जानकारी दिए। उनले सोहीअनुसार कात्तिक ११ गते थप एक दिन बिदा दिने निर्णय भएको बताए।
संघ सरकारले छठ पर्वका लागि सन्ध्याको अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन कात्तिक १० गते सोमबार मुलुकभरि बिदा दिइसकेको छ।
प्रकाशित: ७ कार्तिक २०८२ २२:२७ शुक्रबार