समाज

खोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ। 

केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय खोटाङले पुष्टि गरेको छ। खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले काठमाडौंबाट शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको नागरिकलाई जानकारी दिइन् । 

यएर डाइनेष्टीको हेलिकप्टर अवरतण गर्ने क्रममा खोटाङकाे बालाबेसीमा दुर्घटना भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता सन्तुष्टकुमार विष्टका अनुसार बिहान ११ बजेर ९ मिनेटमा उडेको हेलिकप्टरमा चालक दलका एक सदस्यसहित ६ जना थिए । त्यसमध्ये एक जना सामान्य घाइते भएको उनले जानकारी दिए । 

प्रकाशित: ४ चैत्र २०८२ १२:५६ बुधबार