समाज

कोशी, तराई र वाग्मतीका पहाडी भागमा भारी वर्षा हुने पूर्वानुमान

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणयता बदली रहने बताएको छ। लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणयता बदली रही बाँकी भागमा आंशिक बदली रहने हुनेछ। कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी, तराई र वाग्मती प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।रासस

प्रकाशित: १८ भाद्र २०८२ ०६:४३ बुधबार