तिहार पर्वको विदामा सर्वोच्च अदालत ११ देखि ३ बजेसम्म खुला रहने छ भने बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ।
सर्वोच्च अदालत प्रशासनले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ।
'सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ गर्न बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म अदालत खुला रहने छ,' सूचनामा उल्लेख छ।
प्रकाशित: ३ कार्तिक २०८२ १४:१६ सोमबार