धादिङको थाक्रे गाउँपालिका-७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा चार वटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। हायस, टिफर, ट्याक्सी र स्कुटर आपसमा जुध्दा दुर्घटना भएको हो।
प्रहरीका अनुसार काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ८८८८ नम्बरको हायस र विपरीत दिशातर्फ आउँदै गरेको बा ४ ख ३९५१ नम्बरको टिफर एकापसमा ठोक्किएका थिए।
लगत्तै टिफरको पछाडि सोही दिशातर्फ जाँदै गरेको ग १ ज ३५११ नम्बरको ट्याक्सी र बा प्र ०२–०१८ प १८५९ नम्बरको स्कुटर ठोक्किन पुगेका थिए।
दुर्घटनामा हायसमा सवार तीन जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा तनहुँको आबुखैरेनी गाउँपालिका–१ का ४७ वर्षीय शिव थापा, धादिङको गजुरी गाउँपालिका–८ का ६५ वर्षीय कुलप्रसाद ढुङ्गाना र गोरखा नगरपालिका–१३ की ३६ वर्षीया सरस्वती श्रेष्ठ रहेका छन्।
घाइतेहरूको उद्धार गरी धार्केस्थित साइबाबा सामुदायिक अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो।
उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २४ श्रावण २०८३ २१:२६ आइतबार



