नेपाल आयल निगमले आजदेखि साविककै १४ दशमलव २ किलोग्राम ग्यास भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको छ।
इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट एलपी ग्यासको लोडिङको अवस्थामा सुधार आएको जनाउँदै निगमले आजदेखि सिलिण्डरमा १४ दशमलव २ किलो ग्यास भर्न उद्योगीलाई निर्देशन दिएको प्रवक्ता मनोज ठाकुरले बताए।
निगमले १४ दशमलव २ किलो ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ तोकेको छ। निगमले तत्कालीन अवस्थामा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई सहज बनाउन गत फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म आधा तौल (७ दशमलव १ किलो) ग्यास भएको सिलिण्डर बिक्री गर्न निर्देशन दिएको थियो।
प्रकाशित: ३१ असार २०८३ ०७:०८ बुधबार