समाज

भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। मृतकमध्ये ११ जनाको पहिचान खुलेको छ भने तीन जनाको पहिचान हुन बाँकी छ। 

दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का एउटै टोलका यात्रुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। 

घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि काठमाडौं र चितवन रिफर गरिएको छ। 

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको थियो। छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका थिए।   

प्रकाशित: २६ कार्तिक २०८३ १५:५८ बिहीबार