समाज

‘ग्रेण्डर मेसिन’ले लियाे ज्यान

‘ग्रेण्डर मेसिन’ ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिंदा झापामा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए तर अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी आफैं घाइते भएका थिए। घाइते परियारलाई उपचारका लागि तत्काल बिएण्डसी मेडिकल कलेज विर्तामोड ल्याइए पनि अत्यधिक रक्तश्रावले गएराति उनकाे मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले बताइन्।

प्रकाशित: १४ आश्विन २०८२ १०:०७ मंगलबार