समाज

सरकार निजी र स्वतन्त्र सञ्चार माध्यम बन्द गराउन लागेको पत्रकार महासंघ काठमाडौं शाखाको आरोप

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र उपलब्ध गराउने सरकारको निर्णयको विरोध गरेको छ।

पत्रकार महासंघ काठमाडौं शाखाले यस निर्णयलाई प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपको नाङ्गो प्रयास भन्दै तुरुन्त बन्द गर्न माग गरेको छ। 

शाखाले यो निर्णयलाई नीतिगत कमजोरी मात्र नभइ योजनाबद्ध निजी र स्वतन्त्र संचार माध्यमलाई आर्थिक धराशायी बनाउने, नियन्त्रणमा राख्ने र अन्ततः बन्द गराउने शिलशिलाका रुपमा महशुस गरिएको बताएको छ। 

प्रकाशित: १९ चैत्र २०८२ १४:३८ बिहीबार