समाज

गोरखा बस दुर्घटना : भारतीयसहित २१ घाइते, ५ जना काठमाडौं रेफर (सूचीसहित)

गोरखाको भीमसेनथापा गाउँपालिका–३, टारी फाँटमा आज बिहान काठमाडौंबाट छुटेको यात्रुवाहक रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बसको ब्रेक फेल भएर सडकबाट करिब चार मिटर तल खसेको प्रहरीले आशंका गरेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बा.प ०१००६ख ४१३१ नम्बरको रात्रिबस काठमाडौंबाट सोतीतर्फ जाँदै गर्दा बिहान करिब ६ बजे दुर्घटना भएको हो। बसमा सवार २२ यात्रुमध्ये एक जना सकुशल छन् भने चालकसहित २१ जना घाइते भएका छन्। गम्भीर घाइते ५ जनालाई काठमाडौंको बिएण्डबी अस्पतालमा थप उपचारका लागि रेफर गरिएको छ।

गम्भीर घाइतेमा गोरखा, गण्डकी गाउँपालिका–२ का चालक झक बहादुर थापा मगर, गोरखा नगरपालिका–४ का दुर्गा बहादुर खत्री र भारत, मोतिहारीका अलि आलम छन्।  

घाइतेहरुको विवरण  
१. चालक झक बहादुर थापा मगर (३८), गोरखा, गण्डकी गाउँपालिका–२ - कमरमा चोट, अवस्था मध्यम, काठमाडौं रिफर।  
२. आकाश तामाङ (४५), काभ्रे, तिमाल गाउँपालिका–८ - हात र टाउकोमा चोट, अवस्था मध्यम।  
३. दुर्गा बहादुर खत्री (३०), गोरखा, गोरखा नगरपालिका–४ - खुट्टा र टाउकोमा चोट, अवस्था मध्यम, काठमाडौं रिफर।  
४. छिरिङ छो (२०), गोरखा, चुमनुब्री गाउँपालिका–२ - शरीरमा चोट, अवस्था सामान्य।  
५. विशाल गुरुङ (२५), गोरखा, आरुघाट गाउँपालिका - हातमा चोट, अवस्था सामान्य।  
६. कप्रेस आलम (३०), भारत, मोतिहारी - हातमा चोट, अवस्था सामान्य।  
७. लोकनाथ भट्टराई (२८), गोरखा, भीमसेनथापा–२ - शरीरमा चोट, अवस्था सामान्य।  
८. किसान राई (२०), इलाम, सूर्योदय नगरपालिका–१२ - गालामा चोट, अवस्था सामान्य।  
९. सचील बाबु भट्टराई (२०), गोरखा, भीमसेनथापा–२ - कोखामा चोट, अवस्था मध्यम।  
१०. गणेश भट्ट (२८), गोरखा, भीमसेनथापा–२ - मुखमा चोट, अवस्था मध्यम।  
११. सन्देश भट्टराई (२३), गोरखा, भीमसेनथापा–२ - शरीरमा चोट, अवस्था मध्यम।  
१२. टेक प्रसाद भट्टराई (४८), गोरखा, भीमसेनथापा–२ - शरीरमा चोट, अवस्था मध्यम।  
१३. यदु कुमार सोडारी (५२), गोरखा, आरुघाट गाउँपालिका–८ - शरीरमा चोट, अवस्था मध्यम।  
१४. अलि आलम (१४), भारत, मोतिहारी - दाहिने खुट्टा भाँचिएको, अवस्था मध्यम, काठमाडौं रिफर।  
१५. सन्तोष खड्का (३१), गोरखा, आरुघाट गाउँपालिका–५ - टाउको र हातमा चोट, अवस्था मध्यम।  
१६. सुजिता यादव (२५), महोत्तरी, जलेश्वर नगरपालिका–७ - शरीरमा चोट, अवस्था मध्यम।  
१७. दिपक गुरुङ (२९), गोरखा, आरुघाट गाउँपालिका–६ - टाउकोमा चोट, अवस्था मध्यम।  
१८. घारे गुरुङ (५४), गोरखा, धार्चे गाउँपालिका–२ - शरीरमा चोट, अवस्था मध्यम।  
१९. रोमन गुरुङ (३०), गोरखा, आरुघाट गाउँपालिका–४ - कुममा चोट, अवस्था मध्यम।  
२०. मेलिना गुरुङ (२५), गोरखा, धार्चे गाउँपालिका–५ - कमरमा चोट, अवस्था मध्यम।  
२१. धर्मेन्द्र थापा मगर (३२), धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका–२ - टाउकोमा चोट, अवस्था मध्यम।

प्रकाशित: १७ भाद्र २०८२ ०९:५४ मंगलबार