समाज

जेनजीको घोषणा : भदौ २३ मा सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने

कमन जेनजी नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारविरुद्ध भदौ २३ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।

संगठनका अध्यक्ष विकेश साहले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत ‘फेक शासनविरुद्ध असल शासन’ नारासहित आन्दोलन गर्ने जनाएका हुन्।

उनले वर्तमान सरकारलाई दमनकारी र जनविरोधी भन्दै जेनजी आन्दोलनका मूल माग सम्बोधन गर्न असफल भएको आरोप लगाए।

साहले जेनजी आन्दोलन केही व्यक्ति वा सरकार परिवर्तनका लागि मात्र नभई समग्र शासन प्रणालीमा आमूल परिवर्तनका लागि भएको दाबी गरेका छन्।

आन्दोलनका क्रममा घाइते तथा सहिद परिवारको उचित सम्बोधन नभएको, किसानका समस्या, मूल्यवृद्धि, मल अभाव र जनजीविकाका सवालमा सरकार उदासीन बनेको उनको आरोप छ।

‘केपी ओलीलाई सडक आन्दोलनबाट फालेझैँ बालेन सरकारलाई पनि सडकबाटै फाल्छौं,’अध्यक्ष साहले चेतावनी दिँदै परिवर्तन चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्।

प्रकाशित: २६ श्रावण २०८३ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App