समाज

इटहरी उपमहानगरपालिका भित्र छिरेर जेन-जीले गरे तोडफोड

देशका विभिन्न ठाउँमा जारी रहेको जेन-जी पुस्ताको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।  

प्रशासनको दमनपछि आक्रोशित भएका प्रदर्शनकारी सरकारी कार्यालयमा छिरेर तोडफोडमा उत्रिएका छन् ।  

इटहरी उपमहानगरपालिकाभित्र पनि जेन-जी प्रवेश गरी तोडफोड गरेका छन् ।  

उनीहरू प्रवेश गर्न लागेदेखि नै प्रहरीले अवरोध गरेपछि प्रहरीको घेर तोडेरै प्रदर्शनकारी कार्यालय भित्र छिरेका थिए ।  

सोहीक्रममा झडप पनि भएको छ ।  

प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र दर्जनबढी सेल अश्रुग्याँस प्रहार गरेको छ ।

प्रकाशित: २३ भाद्र २०८२ १४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App