समाज

जेन-जी आन्दोलन: यी हुन् शहीद घोषणा गरिएका ४५ युवा (सूची)

नेपाल सरकारले हालैको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले भदौ २३ र २४ गते भएका प्रदर्शनमा मृत्यु भएका र शहीद घोषणा गरिएका व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै शहीदका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउने प्रक्रिया गृह मन्त्रालयमार्फत अगाडि बढाइने जानकारी दिए।

शहीद घोषणा गरिएका ४५ जनाको पूर्ण विवरण:

क्र.सं.नाम, थरठेगाना
बुद्धिबहादुर तामाङकीर्तिपुर-२, काठमाडौं
सन्तोष विश्वकर्माबेलका-४, उदयपुर
सुलभ राज श्रेष्ठनेपालगञ्ज-१, बाँके
श्रीयम चौलागाईबेलबारी-११, मोरङ
ईस्वत बहादुर अधिकारीका.म.पा -११, काठमाडौं
आयुष थापानेपालगन्ज-१, बाँके
गौरब जोशीधनगढी-५, कैलाली
योग बहादुर श्रेष्ठबारविसे-६, सिन्धुपाल्चोक
माधव सारू मगरभूमिकास्थान-४, अर्घाखाँची
१०बिमल बाबु भट्टबारपाक सुलिकोट-५, गोरखा
११असहाव आलम ठकुराईविरगंज-१२, पर्सा
१२सौरन किशोर श्रेष्ठबाग्लुङ-४, बाग्लुङ
१३सुभाष कुमार बोहराखप्तडछान्ना-७, बझाङ
१४रसिक खतिवडा खत्रीपनौती-१०, काभ्रे
१५बिनोद महर्जनललितपुर-७, ललितपुर
१६दिल नारायण तामाङतिमाल-७, काभ्रे
१७योगेन्द्र न्यौपानेगोलान्जोर-१, सिन्धुली
१८अभिषेक श्रेष्ठइनरुवा न.पा-६, सुनसरी
१९मोहन सरदारइटहरी-१४, सुनसरी
२०छत्रमान कुथुमीपाख्रिबास-२, धनकुटा
२१ओझन बुढास्वामिकार्तिक खापर-२, बाजुरा
२२साजन राईधरान-२२, सुनसरी
२३अनिश पराजुलीपालुङटार-३, गोरखा
२४सारकुमार राईचौदन्डीगढी-३, उदयपुर
२५अर्जुन भट्टगण्डकी-४, गोर्खा
२६धिरज श्रेष्ठतादी -३, नुवाकोट
२७देव कुमार सुवेदीलालबन्दी-५, सर्लाही
२८उमेश महतचौतारा साँगाचोकगढी-८, सिन्धुपाल्चोक
२९प्रविण कुलुङसिलिचुङ-३, संखुवासभा
३०निखिता गौतमकालिका-८, चितवन
३१अभिषेक चौलागाईशैलुङ-४, दोलखा
३२बिजय चौधरीलहान-१५, सिरहा
३३भिम राज धामीदुर्गाथली-१, बझाङ
३४निरज पन्तदशरथ - ६, बैतडी
३५दीपक सिंह साउदशिवनाथ-२, बैतडी
३६शुभराज बलामी श्रेष्ठककनी-१, नुवाकोट
३७ज्ञानिन्द्र सेढाईअर्जुनधारा-११, झापा
३८दिनेश राजवंशीअर्जुनधारा-४, झापा
३९कमल भण्डारीहिलिहाङ-२, पाँचथर
४०दिपेश सुनुवारतिनपाटन-६, सिन्धुली
४१महेश बुढाथोकीविगु-३, दोलखा
४२लच्छुमान राईपञ्चकन्या-२, नुवाकोट
४३मिलन रायदुधौली-८, सिन्धुली
४४अमृत गुरुङरुपा-५, कास्की
४५उत्तम थापालेकाम-३, दार्चुला

प्रकाशित: १७ कार्तिक २०८२ १८:२६ सोमबार