जेन–जी युवा पुस्ताको आन्दोलनमा मोरङमा १ सय ५५ वटा संरचनामा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जेन-जी प्रदर्शनका क्रममा मोरङका १ सय ५५ वटा सार्वजनिक तथा निजी संरचनामा क्षति पुगेको हो ।
क्षति पुगेका संरचनामा संघीय सरकार अन्तर्गतका २१ वटा कार्यालय, प्रदेश सरकारका १४, स्थानीय पालिका १० वटा कार्यालय रहेका छन् । यस्तै स्थानीय तह अन्तर्गतका ५८ वटा वडा कार्यालयमा पनि क्षति पुगेको छ ।
यस्तै १५ वटा निजी घर, एउटा संस्थान, ३ वटा व्यापारिक भवनमा क्षति पुगेको छ । यस्तै चार वटा संघ संस्थाका संरचना, ८ वटा राजनीतिक दलका पार्टी कार्यालय, १७ वटा नेपाल प्रहरीका संरचना र चार वटा सशस्त्र प्रहरीका पोष्टमा क्षति भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रकाशित: ३१ भाद्र २०८२ १७:२७ मंगलबार