समाज

जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहीदको भोलि शवयात्रा गरिने

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका शहीदको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ ।  

भदौ २३ गते मृत्यु भएका केही शहीदको अन्त्यष्टि भइसकेको छ भने केहीको बाँकी छ । बाँकी रहेका शवहरुलाई भोली शव यात्रा गरेर अन्त्यष्टि गर्ने तयारी गरिएको हो ।  

टिचिङ् अस्पतालबाट भोली बिहान ७ बजे शव यात्रा सुरु गरेर चक्रपथ एक परिक्रमा गराउने कार्यक्रम तय भएको छ ।

काठमाडौं बाहिर जाने शवहरुलाई आर्मिको हेलिकप्टरको पनि व्यवस्था गरिएको छ । अन्त्यष्टि गरिसकेका परिवारहरुले पनि मृतकको फोटो र ब्यानर बोकेर यात्रामा आउन सक्ने पनि व्यवस्था गरिएको छ । 

प्रकाशित: ३० भाद्र २०८२ २०:११ सोमबार