समाज

निष्पक्ष छानबिन गर्न फुलकोर्टको माग

सर्वोच्च अदालतले न्यायाधीशलाञ्छित विषयमा निष्पक्ष एवं स्वतन्त्र ढंगबाट छानबिन गर्न सम्बद्ध निकायलाई आग्रह गरेको छ। 

सोमबार बसेको फुलकोर्ट बैठकपछि सर्वोच्चका प्रवक्ता डा. अशोककुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै छानबिनका लागि सम्बद्ध निकायलाई आग्रह गरेका हुन्।

तर त्यो सम्बद्ध निकाय को हो भन्ने नखुलाएर अमूर्त भाषा प्रयोग गर्दै जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिनापूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौं।’

प्रकाशित: १७ कार्तिक २०८३ ०८:५४ मंगलबार