समाज

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि अपराह्न ४ बजेसम्म

आज (सोमबार)देखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ। आजदेखि माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएका छन्।

गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ देखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ।

यसअघि सरकारी कार्यालय बिहान ९ देखि अपराह्न ५ बजेसम्म खुल्ने गरेको थियो। 

प्रकाशित: १६ कार्तिक २०८३ १२:०६ सोमबार