समाज

ढिस्कोले पुरिएर चार जनाको मृत्यु

जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ। हरिपुवा नगरपालिका-१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका-६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहले बताए।

ढिस्कोले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी स्थानीयले प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएका थिए। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका उनले बताए। 

प्रकाशित: १५ आश्विन २०८२ ११:३६ बुधबार