समाज

ट्रेकिङ हिंडेका भक्तपुरका चार जनालाई बेरिङ खोलाले बगायो, अवस्था अज्ञात

फाइल।

भक्तपुरबाट रसुवाको लाङटाङ ट्रेकिङ हिंडेका चार जनालाई गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएको छ।

खोला तर्नेक्रममा आठ मध्य चार जनालाई बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

भक्तपुरबाट लाङटाङ घुम्न हिंडेका १६ जनाको टोलीमध्य पहिलो आाठ जना खोला तरिसकेको र बाँकी आठ जना तर्ने क्रममा चार जना खोलाले बगाएर बेपत्ता भएको प्रहरी प्रमुख हेम शाहीले जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र भक्तपुर १० का रवि श्रेष्ठ रहेका छन्।

उनीहरू वडा नम्बर-५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो। उक्त स्थानमा सवारी मार्ग नरहेकाले खोजीका लागि प्रहरी टोली परिचालन भए पनि पुग्न समय लाग्ने जनाइएको छ।

प्रकाशित: १८ आश्विन २०८२ २१:२३ शनिबार