कपिलवस्तुको महारागंजको बर्गदा घटना सम्बन्धमा थप ४ जनालाई पक्राउ गरिएको छ।
यसअघि मन्दिर तोडफोडको आरोपमा ६ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाई सकेको छ। घटना पछि हिन्दू र मुस्लिम समुदाय बिच द्वेष फैलाउने खोलको भिडियो सामाजिक संजालमा राखेको आरोपमा चैत ९ गते बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का मुस्ताक नाउ र कपिवस्तु नगरपालिका वडा नम्बर १ का जितेन्द्र कहार पक्राउ परेको प्रहरी नायब उपरिक्षक रिपेन्द्रकुमार सिंहले बताए।
दुवैमाथि विद्युतीय कारोवार २०६३ सम्बन्धी कसुरमा मुद्दा चलाई अदालतबाट ५ दिनको म्याद थप गरिएको छ। यस्तै हिन्दु र मुस्लिम समुदाय बिचको विवादपछि कपिलवस्तु नगरपालिका – ४ कोदाहवामा मोटरसाइकलमा सवार मानिसलाई राकेर लाठी, हेटमेट, बाला र मुक्काले कुटपीट गरी मोबाइलमा समेत क्षति पुर्याई भिडियो समेत सामाजिक संजालमा राखेको आरोपमा २ जना पक्राउ परेका छन्।
कपिलवस्तु नगरपालिका वडा नम्बर ४ का राज भन्ने दुर्गेश यादव, पनवकुमार गुप्तामाथी सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको सिंहले बताए। सो घटनामा पाचछ जनामध्ये २ जना मात्र पक्राउ गरिएको र अन्यको खोजी भइरहेको उनले बताए। सामाजिक संजालमा द्वेष, हिंसा र सामाजिक सदभाव खलल हुने खालका कुनै क्रियाकलपा र गतिविधि नगर्न प्रहरी आग्रह समेत गरेको छ।
प्रकाशित: १२ चैत्र २०८२ ११:०५ बिहीबार