सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक-आपसमा ठोक्किँएकाे छ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो बस आज बिहान एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
उनका अनुसार दुई सवारी साधन एक-आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु भएका केहीको पहिचान भएको र केहीको खुल्न सकेको छैन ।
घाइतेहरूको ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरी इनरुवा , विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रवक्ता खतिवडाले बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।
घाइते हुनेहरुको विवरण
ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरी:-
१) जिल्ला मोरङ सुन्दर हरैचा न.पा.-९ बस्ने बर्ष नखुलेको अम्बिका राई ।
२) जिल्ला खोटाङ रावावेसि गा.पा.-०२ बस्ने बर्ष नखुलेको निरुता परियार
३) ऐ. ऐ. बस्ने बर्ष ३८ को निर्मल परियार ।
४) जिल्ला सप्तरी मन्धेव गा.पा. -६ बस्ने बर्ष नखुलेको रबिन्द्र प्र. मण्डल ।
५) जिल्ला उदयपुर चौदण्डिगढी न.पा.-५ बस्ने बर्ष-५० को रेनुका श्रेष्ठ ।
६) जिल्ला झापा शिबसतासि न.पा.-०५ बस्ने बर्ष-३८ को खगेन्द्र थापा – सामान्य
७) ऐ. भद्रपुर न.पा.-०९ बस्ने बर्ष-५३ को सन्तोष खत्री – सामान्य ।
८) जिल्ला उदयपुर बेलस्रोत न.पा.-०१ बस्ने बर्ष-२० को दिपक बि.क. -सामान्य ।
९) जि. ईलाम चुलाचुलि गा.पा.-०३ बस्ने बर्ष-३६ को सविन राई -सामान्य ।
१०) जि. सप्तरी धिकुति गा.पा.-०६ बस्ने बर्ष नखुलेको रविन्द्र मेहता
११) ऐ.गोईठी गा.पा.-३ बस्ने बर्ष-६८ को जिवछ महात्मा ।
१२) जिल्ला सप्तरी मधावे गा.पा.-०६बस्ने बर्ष अ. ३५ को शंकर मण्डल को मृत्यु भएको ।
१३) जिल्ला सुनसरी कोशी गा.पा.-०६ बस्ने बर्ष अ. ७० को लक्ष्मण सदा को मृत्यु भएको ।
१४) ऐ. अस्पतालमा १ जनाको मृत्यु भएको बिराटनगर बस्ने असोक यादव हुन सक्ने थप पहिचान खुल्न बाकि रहेको ।
जिल्ला अस्पताल ईनरुवा सुनसरी:-
१५) जिल्ला खोटाङ हलेसी तुवाचुङ नपा १० बस्ने बर्ष ८४ को नेत्रलाल गिरीको टाँउको दाहिने खुट्टामा अबस्था सामान्य ऐ.०९:४० बजेको समयमा डिस्चार्ज भई घर तर्फ ।
१६) नेत्रलाल गिरीको छोरा बर्ष अं. ३९ केदार गिरी बुबा छोरा दुबै जना ऐ.०९:४० बजेको समयमा डिस्चार्ज भई घर तर्फ
१७) ऐ. अस्पतालमा १ जना मृतक अं. बर्ष ४५/५० की महिला ।
गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको घाईतेहरुको बिबरण=
१८) जिल्ला झापा अर्जुनधारा नपा १ साजनटार बस्ने चन्द्र राईको छोरा बर्ष अं. २० को सत्य राईको आँखाको परेलामा चोट अबस्था बोल्न सक्ने मध्यम
१९) जिल्ला सप्तरी राजविराज न.पा.-०६ बस्ने प्रकाश कुमार रायको छोरा बर्ष-१० को रुद्र राय
२०) जिल्ला मोरङ बिराटनगर मनपा-१० बस्ने बर्ष-४८ कि सोभा यादव
२१) जिल्ला सप्तरी राजविराज न.पा.-१२ बस्ने बर्ष-४४को प्रमोद रजक । सामान्य
२२) ऐ. तिलाठी गा.पा.-५ बस्ने बर्ष-२२ को रवि राय
२३) ऐ. राजविराज न.पा.-०२ बस्ने बर्ष-२४ को भोला यादव मध्यम
२४) जिल्ला सप्तरी राजबिराज तेतरी गाछी बस्ने बर्ष अं. ३५ को प्रदिप यादव
२५) जिल्ला सुनसरी कोशी गा.पा.-०६ श्रिपुर बस्ने बर्ष-६० को जोगिन्द्र दास (बाबा) मध्यम
२६) ऐ. डाक्नेश्वरी न.पा.-०३ बस्न बर्ष ३० कि अमृता राय मध्यम ।
बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेको –
२७) जिल्ला सप्तरी राजविराज न.पा.-०४ बस्ने बर्ष-२१ को सन्तोष बास्तोला मध्यम । (डिस्चार्ज माईक्रोको सह चालक)
थप बुझ्ने कार्य भईरहेको हाल सम्मको बिबरण ।
प्रकाशित: २६ श्रावण २०८२ १२:३३ सोमबार