समाज

दाङमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते

दाङमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।

राप्ती गाउँपालिका –०४ गोपीनाला स्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका हुन्।  

भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस ८१२४ नम्बरको कारले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खस्दा दुर्घटना भएको हो।

घाइते हुनेहरुमा भारतको सिद्धार्थनगर घर भएका कार चालक २५ वर्षीय रवि महमद, चालकको श्रीमती ३४ वर्षीय  फराह सेख, छोरी ६ वर्षीय रिफा सेख र ३२ वर्षीय सनि कुमार रहेका छन्।

घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल सिसहनिया पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १७ श्रावण २०८३ १६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App