समाज

सुर्खेतबाट चार थैला सुनको गहनासहित साढे ७ लाख भारु बरामद

सुर्खेतमा प्रहरीले ठुलो मात्रामा सुनको गहनासहित भारतीय रुपैयाँ (भारु) बरामद गरेको छ।

वीरेन्द्रनगर नगरपालिका –६ मुख्य बजारमा रहेको बालाजी बस्त्रालयबाट साढे ७ लाख  भारु र बस्त्रालय चलाउने श्याम सुन्दर अग्रवालको कोठाबाट चार थैला सुनको गहनाहरु भेटिएको प्रहरीले जनाएको छ।

चार वटा थैलाभित्र बक्समा रेडिमेट सुनहरु रहेको प्रहरीले जनाएको छ। उक्त सुनको परीक्षण हुन बाँकी रहेको र अहिले प्रहरीले मुचुल्का बनाइरहेको छ।

प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोलीले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ १७:३५ सोमबार