समाज

पूर्वसचिव पाण्डेय सम्मानित

पूर्व कर्मचारी सेवा परिषद् नेपालद्वारा नेपाल सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डेयलाई शुक्रबार सम्मान गरेको छ।

परिषद्को ३५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनलाई ‘सरदार विष्णुमणि आचार्य पूर्वकर्मचारी स्मृति पुरस्कार’ प्रदान गरिएको हो। यो पुरस्कार स्थापना भएपश्चात् परिषद्ले पहिलो पटक पाण्डेयलाई प्रदान गरेको हो।

कार्यक्रममा परिषद्का अध्यक्ष रामबाबु नेपाल, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, पूर्वराजदूत मधुरमण आचार्यलगायतको उपस्थिति थियो। सम्मानपत्र तथा दोसल्लासहित पुरस्कार राशि प्रदान गर्दै मुख्य सचिव अर्यालले निजामती सेवामा कुशल प्रशासक एवं सेवक भएर गरेको पाण्डेयको योगदानको प्रशंसा गरे।

प्रकाशित: ३० फाल्गुन २०८२ १३:२७ शनिबार