समाज

युवा उद्यमीलाई हौसला दिन पुगे पूर्वराजपरिवार (तस्बिरहरु)

हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ अभियान शनिबार काठमाडौंमा सुरु गरेको छ।

‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विदेशबाट फर्किएका र स्वदेशमै केही गर्न चाहने युवा उद्यमीहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, कोषकी अध्यक्ष हिमानी शाह लगायत पूर्व राजपरिवारका सदस्यहरूको उपस्थिति रह्यो।

यो पनि पढ्नुहोस्

हिमानी कोषले सुरु गर्‍यो ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान

हेर्नुहोस् कार्यक्रमका केही तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

 

प्रकाशित: १७ श्रावण २०८२ १९:२१ शनिबार